Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले सेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर, तोकिएको अवधिसम्म कुनै पनि आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कर्पाेरेट कार्यालयमा उल्लिखित ४५ हजार कित्ता सेयरको मूल्य समेत उल्लेख गरी निवेदन दिनु पर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार