Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब १७ करोड बराबरको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब १७ करोड बराबरको कारोबार

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं। बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार नेप्से परिसूचक  ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा कायम भएको थियो।

    नेप्से वृद्धि भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। यसदिन ३६२ वटा स्क्रिप्सको ८४ लाख ७३ हजार १६ कित्ता सेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ८ अर्ब  ८ अर्ब ४१ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। सोमबार ७ अर्ब ४६ करोड मूल्य बराबरको कारोबार भएको थियो।  सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा १० प्रतिशत हिमालयन बैंक डिवेन्चर २०८३ शीर्ष स्थानमा रह्यो। यसको ४४ करोड मूल्य बराबरको कारोबा भयो।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार