Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्दै

आर्थिक पत्र
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज साउम १ गते दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन्।

    निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ असोज २९ गते हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्।

    बोलपत्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रमअनुसार आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार