Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कार्यालय प्रयोजनका लागि नेपाल लाइफले किन्यो वीरगञ्जमा ३३ करोड ७७ लाखको जग्गा

कार्यालय प्रयोजनका लागि नेपाल लाइफले किन्यो वीरगञ्जमा ३३ करोड ७७ लाखको जग्गा

आर्थिक पत्र
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको ८७.५३ धुर (१,४८२ वर्ग मिटर) क्षेत्रफलको जग्गा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँमा खरिद गरेको छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार होटेल मकालु प्रालिको नाममा रहेको कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को जग्गा खरिद गरिएको हो।

    जग्गाको खरिद मूल्य ३२ करोड रुपैयाँ रहेको छ भने रजिष्ट्रेशन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यससँगै कम्पनीको कुल लगानी ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको जनाएको छ। नेपाल लाइफले उक्त जग्गा कम्पनीको व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि खरिद गरेको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार