Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दृष्टिविहीन बालबालिकाको आवास निर्माणमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक सहयोग

दृष्टिविहीन बालबालिकाको आवास निर्माणमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक सहयोग

आर्थिक पत्र
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।

    कम्पनीले काठमाडौँ राउण्ड टेबल-१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको भवनका लागि उक्त सहयोग उपलब्ध गराएको हो। नवनिर्मित आवासीय भवनले ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहमयी वातावरणमा बसोबासको सुविधा प्रदान गर्नेछ।

    आधुनिक संरचनामा निर्माण गरिएको यस भवनमा छात्रावास, कक्षाकोठा, आवश्यक सरसफाइ सुविधा, ब्रेल पुस्तकालय, सङ्गीत कक्ष तथा अन्य विविध आवासीय सुविधाहरू समावेश गरिएका छन्।

    यसअघि फाउन्डेसनले सानो भाडाको घरबाट सीमित स्रोत-साधनका बीच सेवा सञ्चालन गर्दै आएकोमा नयाँ भवन बनेसँगै बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमतामा उल्लेखनीय विस्तार भएको छ।

    सहयोगका सन्दर्भमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतालाई मात्र नभई समाजमा सिर्जना गर्ने सकारात्मक प्रभावलाई वास्तविक सफलताको मापदण्ड मान्दै आएको बताए।

    उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे।

    नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा रहेको नेपाल लाइफले जिम्मेवार व्यावसायिक अभ्यास र प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जीवन सुरक्षाका साथै देशको सामाजिक एवं आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार