Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवाको शुभारम्भ

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवाको शुभारम्भ

आर्थिक पत्र
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं। नयाँ आर्थिक वर्ष २०८३/८४ को पावन अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले तीन नयाँ प्रविधिमा आधारित सेवाहरू एकैसाथ सार्वजनिक गरेको छ।

    बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘गरिमा प्रिपेड डलर कार्ड’ (Garima Prepaid Dollar Card), ‘गरिमा पीओएस टर्मिनल’ (Garima POS Terminals) तथा ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ (Garima Interbank QR Teller) सेवाको औपचारिक शुभारम्भ गरेको जानकारी दिएको हो।

    नयाँ सुरुवात गरिएका सेवाहरू मध्ये गरिमा प्रिपेड डलर कार्डमार्फत ग्राहकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई-कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सक्नेछन्।

    त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ, जसले देशमा नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यापारिक कारोबारलाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा बैंकले राखेको छ। .

    यता, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत भने फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखा कार्यालयबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

    डिजिटल रूपान्तरणलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनहरूमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    आईएसओ ९००१:२०१५ (ISO 9001:2015) र आईएसओ २७००१:२०२२ (ISO 27001:2022) अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस विकास बैंकले हाल देशभर रहेका आफ्ना १२६ शाखा कार्यालय, ५१ एटीएम एवं नवीनतम डिजिटल इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल र सुरक्षित रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार