Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्ग्यानिक कृषि प्रवर्द्धनबारे वालेन्द्र शाहले व्यवसायीसँग आज छलफल गर्ने

अर्ग्यानिक कृषि प्रवर्द्धनबारे वालेन्द्र शाहले व्यवसायीसँग आज छलफल गर्ने

आर्थिक पत्र
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । वालेन्द्र शाहले अर्ग्यानिक कृषि तथा व्यवसाय प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग आज छलफल गर्ने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम रहेको छ।

    छलफलमा नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, बजारीकरण, व्यापार तथा उपभोग प्रवर्द्धनका उपायबारे केन्द्रित भएर विचार–विमर्श हुने जनाइएको छ।

    नेपाल अर्ग्यानिक संघ अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनका लागि क्रियाशील संस्था हो। सरकारले उद्योग तथा व्यवसायको विकासका लागि निजी क्षेत्रसँग नियमित संवादलाई निरन्तरता दिँदै आएको छ। सोही क्रममा प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका सुझाव र जायज मागलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रयास गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार