Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुन तोलामा १६ सयले बढ्यो

सुन तोलामा १६ सयले बढ्यो

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो।

    चाँदीको मूल्य पनि ६० रुपैयाँले बढ्यो

    आइतबार सुनसँगै चाँदीको मूल्यमा पनि सुधार आएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार