Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साउन ३० गते सिवाईसी नेपाल लघुवित्तको साधारण सभा

साउन ३० गते सिवाईसी नेपाल लघुवित्तको साधारण सभा

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ ।सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।यस वर्षको साधारण सभाको प्रमुख एजेन्डाका रूपमा अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ। उक्त प्रस्ताव पारित भएमा संस्थाले सम्भावित मर्जर तथा प्राप्ति प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउन कानुनी अधिकार प्राप्त गर्नेछ।

    सभामा सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि निर्णयार्थ पेश गरिनेछ।साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा आफ्नो मताधिकार प्रयोग गर्न योग्य हुनेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार