Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भ्याट विवादपछि विद्युत् प्राधिकरणले माग्यो राजस्व विभागको राय

भ्याट विवादपछि विद्युत् प्राधिकरणले माग्यो राजस्व विभागको राय

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको विषयमा जनस्तरमा विरोध बढेपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ।

    ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएपछि प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या मागेको हो।

    प्राधिकरणले न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागू हुने वा नहुने विषयमा विभागको धारणा मागेको जनाएको छ। विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिने प्राधिकरणले जनाएको छ। यसबाट उपभोक्ताबाट उठेका गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ।

    आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा भ्याट लागू गर्ने व्यवस्था गरिएको छ। तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको भन्दै उपभोक्ताले विरोध जनाइरहेका छन्। सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताका लागि तीन प्रतिशत भ्याट लागू गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार