Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ज्येष्ठ नागरिकसहित ४८ बचतकर्तालाई करिब १२ लाख रुपैयाँ फिर्ता

ज्येष्ठ नागरिकसहित ४८ बचतकर्तालाई करिब १२ लाख रुपैयाँ फिर्ता

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ ।

    समितिका अनुसार सरकारले निर्धारण गरेका प्राथमिकताका आधारमा बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसअन्तर्गत ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई रकम उपलब्ध गराइएको हो ।

    समितिले एकपटकमा बचत रकमको अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम फिर्ता गर्ने व्यवस्था गरेको जनाएको छ । समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार