Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रिज लाइन इनर्जीका ७१ हजार १०० कित्ता शेयरको लक–इन भदौ १३ मा सकिँदै

रिज लाइन इनर्जीका ७१ हजार १०० कित्ता शेयरको लक–इन भदौ १३ मा सकिँदै

आर्थिक पत्र
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ ।  रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ।

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ।

    उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुन लागेको हो। लक–इन अवधि समाप्त भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार