काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२-८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ३८.६६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाखबाट बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । साथै, इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । उक्त चार्ज १ अर्ब ७ करोड कायम भएको छ ।
बैंकले २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९५ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ ।
१५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड रुपैयाँ जम्मा छ । रिटेन्ड अर्निङ २ करोड ८८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५.७५ रुपैयाँ पुगेको छ । एनपीएल २.८७ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल ३.०१ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ छ । लाभांश क्षमता २०.८५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

