Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नबिल बैंक र ओरल एन्ड डेन्टल क्लिनिकबीच सम्झौता, ग्राहकलाई दन्त उपचारमा विशेष छुट

नबिल बैंक र ओरल एन्ड डेन्टल क्लिनिकबीच सम्झौता, ग्राहकलाई दन्त उपचारमा विशेष छुट

आर्थिक पत्र
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ।

    सम्झौताअनुसार नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवामा छुट तथा निःशुल्क सुविधा प्राप्त गर्नेछन्।

    यस साझेदारीअन्तर्गत बैंकका ग्राहकले दर्ता शुल्क, प्रारम्भिक परीक्षण अर्थात् डायग्नोस्टिक सेवा, उपचार योजना, फलोअप परीक्षण तथा एक्स-रे सेवा पूर्ण रूपमा निःशुल्क पाउनेछन्।

    यसैगरी, निवारक दन्त उपचार सेवातर्फ स्केलिङ, पिट एन्ड फिसर सिलेन्ट, क्लास १ देखि ५ सम्मको फिलिङ तथा एक्वाकेयर पोलिसिङ सेवामा ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइनेछ।

    विशेषज्ञ दन्त उपचार सेवाअन्तर्गत रुट क्यानल ट्रिटमेन्ट (आरसीटी), क्राउन, ब्रेसेस, एलाइनर, इम्प्लान्ट तथा पेरियोडोन्टल उपचारमा १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार