Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेप्से परिसूचक ४.६४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से परिसूचक ४.६४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

आर्थिक पत्र
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से यस दिन पनि ओरालो लागेको हो।

    मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २ हजार ६९६.६७ विन्दुमा झरेको छ। सोमबार नेप्से ३३.२८ अंकले घटेर २ हजार ७०१.३२ विन्दुमा रोकिएको थियो।

    यस दिन कारोबार रकममा समेत कमी आएको छ। मंगलबार कुल ३४२ वटा कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर ५५ हजार ५८० पटक कारोबार हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार भने ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो।

    मंगलबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ। यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    नेप्सेसँगै अन्य सूचकसमेत सामान्य घटेका छन्। यस दिन सेन्सेटिभ इन्डेक्स ०.७० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले घटेका छन्।

    उपसमूहतर्फ १३ मध्ये चार वटा समूहको परिसूचक बढेको छ भने नौ वटा समूह घटेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहका उपसूचक बढेका छन्। बाँकी सबै समूहका उपसूचक घटेका छन्।

    मंगलबार एभरेष्ट कलर लिमिटेड को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै लक्ष्मी उन्नती कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

    यस दिन सबैभन्दा धेरै घट्ने कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २७ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा लगानीकर्ताको सक्रियता घट्दा कारोबार रकममा कमी आएको छ भने नेप्से सामान्य दबाबमा देखिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार