Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको भाउ भने वृद्धि

सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको भाउ भने वृद्धि

आर्थिक पत्र
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

    images

    मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजारले घटेको छ भने चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार दुई सय कायम भएको छ।

    त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० कायम भएकाे छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय र चाँदी चार हजार ३१० मा कारोबार भएको थियो।

    गत सोमबार भने छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० र चाँदी प्रतितोला चार हजार ४४५ पुगेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार