Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २७९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६९, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १४५, हर्न निषेधमा ३६, लेन क्रसमा ६४, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३४ र अन्यमा ७७० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार