Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज साउन १५, देशभर खीर खाएर मनाइँदै

आज साउन १५, देशभर खीर खाएर मनाइँदै

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । आज साउन १५ देशभर परम्परागत रूपमा खीर खाएर मनाइँदैछ । नेपालमा असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा लामो समयदेखि चलिआएको छ ।

    वर्षायाममा धान रोपाइँको थकान मेटाउन, दूधको उपभोग बढाउन र पोषिलो आहार लिन यो प्राचीन परम्परा चलिएको हो । हिन्दू धर्ममा खीर (पायस) लाई पवित्र र शुद्ध परिकार मानिन्छ । पूजाआजा, होम र पितृकार्यमा पनि खीर उपयोग हुने गर्छ ।

    दूध, चामल, घ्यू र विभिन्न सुक्खा फलफूल (मसाला) हालेर बनाइने खीरले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । वर्षायाममा लाग्न सक्ने विभिन्न संक्रमणबाट बचाउन र शरीरलाई ऊर्जा दिनका लागि पनि खीरलाई लाभदायक मानिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार