काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२-८३ मा ६५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा २५.३५ प्रतिशत कम हो । अघिल्लो वर्ष संस्थाले ८७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाखबाट घटेर १ अर्ब २७ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । यता, इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । उक्त चार्ज ३ करोड २६ लाख रुपैयाँले रिभर्स भएको हो ।
संस्थाले ६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । १९ अर्ब ७५ करोड रुपैयाँ भने सापट लिएको छ । ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा ४ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ । रिटेन्ड अर्निङ १ अर्ब ६४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३.२६ रुपैयाँ कायम भएको छ ।
एनपीएल २.९६ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल २.६५ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ छ । लाभांश क्षमता ३३.४६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

