Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जिल्ला अस्पताल लमजुङमा दैनिक साढे तीन सयभन्दा बढी विरामी उपचारमा आउँछन्

जिल्ला अस्पताल लमजुङमा दैनिक साढे तीन सयभन्दा बढी विरामी उपचारमा आउँछन्

आर्थिक पत्र
बुधवार, भाद्र २२ २०७९
  • लमजुङ। जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । 

    अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्कदेखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ । 

    वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा विरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ । वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाईमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको  छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार