Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

परिसूचक करिब १३ अंकले बढ्दा ३ अर्ब ७५ करोड माथिको कारोबार

परिसूचक करिब १३ अंकले बढ्दा ३ अर्ब ७५ करोड माथिको कारोबार

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली देखिएको छ । अघिल्ला चार दिन घटेको बजार साताको अन्तिम दिन १२.९६ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६८५.५४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.४४ अंकले बढेर ४७०.१३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने २ वटाको घटेको छ । 

    सेयर बजार बढेको दिन बजारमा ३ अर्ब ७५ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ४६ हजार ७५२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार