Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कुमारी बैंकको गौमूल शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत रु १० लाखको बीमा दाबी भुक्तानी

कुमारी बैंकको गौमूल शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत रु १० लाखको बीमा दाबी भुक्तानी

आर्थिक पत्र
आइतवार, श्रावण १७ २०८३
  • बाजुर। कुमारी बैंक लिमिटेडको गौमूल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ (PSBK) अन्तर्गत खाताधारकका हकदारलाई रु १० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ

    श्रीमती बना देवी बोहराका श्रीमान्को दुःखद दुर्घटनाजन्य निधन पश्चात् बैंकले प्रक्रिया पूरा गरी रु १० लाख (दश लाख रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरेको हो

    हस्तान्तरण गरिएको चेकमा मिति २८ जुलाई २०२६ (१२ साउन २०८३) उल्लेख छ। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा महत्त्वपूर्ण आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ

    कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँगै आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ

    विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधाहरू सञ्चालन गरिएको बैंकले जनाएको छ

    विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका २८३ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटिएम र ४० शाखारहित बैंकिङ बिन्दुमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार