Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालनमा, दैनिक एक लाखदेखि पाक्षिक १० लाखसम्म जित्ने मौका

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालनमा, दैनिक एक लाखदेखि पाक्षिक १० लाखसम्म जित्ने मौका

आर्थिक पत्र
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । कर सहभागिता बढाउन र वास्तविक बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

    विभागले यसका लागि गत साउन १ गतेदेखि १०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरी सामान किनेको बिल दर्ता गराउन आह्वान पनि गरेको छ । विभागले यसका लागि छुट्टै नयाँ वेब पोर्टल पनि सञ्चालनमा ल्याएको छ ।

    साउन १ गतेयता नेपालभित्र स्वप्रयोजनका लागि १०० रुपैयाभन्दा बढीको सामान वा सेवा खरीद गरी सक्कली प्यान तथा भ्याट बिल वेब पोर्टलमा दर्ता तथा अपलोड गर्न पनि विभागले आग्रह गरेको छ ।

    डिजिटल भुक्तानी (क्यूआर) बाट सामान वा सेवा खरीद गरेका उपभोक्ताले भने वेबसाइटमा छुट्टै बिल दर्ता गर्नु नपर्ने र त्यस्तो कारोबार स्वतः प्रणालीमा आवद्ध हुने विभागले जनाएको छ । क्यूआरबाट भुक्तानी गरेपछि कारोबार भने डाउनलोड गरेर राख्नुपर्नेछ भने सोही ट्रान्ज्याक्सन नम्बर नै उपहारका लागि प्रविष्ट हुनेछ ।

    उपहार घोषणा भएपछि पुरस्कार प्राप्त गर्न सक्कली बिल अनिवार्य पेश गर्नु पर्नेछ । साथै सामान खरीद गर्दा सक्कली भ्याट वा बिल माग गर्न र बिक्रेताले बिल नदिएमा विभागमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

    विभागले पहिलो १५ दिन (साउन १५ गतेसम्मको) नतिजा आगामी साता सार्वजकिन गर्नेछ । उपहारमा हरेक दिन एकजना भाग्यशालीलाई नियमानुसार लाग्ने कर कट्टी गरी १ लाख नगद र हरेक १५–१५ दिनमा अर्थात महीनामा २ जनालाई एकमुष्ट १० लाख रुपैयाँ दिइनेछ ।

    चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा जोड्न र नियमित बिल लेनदेनको बानी विकास गराउन करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । त्यसै घोषणा अनुरूप यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार