Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लघुवित्त क्षेत्रमा अर्को मर्जर, सामुदायिक र सञ्जीवनीबीच सम्झौता

लघुवित्त क्षेत्रमा अर्को मर्जर, सामुदायिक र सञ्जीवनीबीच सम्झौता

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

    दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। त्यसपछि सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ।

    संस्थाका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको हो।

    मर्जर प्रक्रिया सम्पन्न भई सम्बन्धित साधारणसभाबाट आवश्यक निर्णय नहुँदासम्म आधारभूत (संस्थापक) सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार