Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मलेसिया रोजगारीको सिन्डिकेटसम्बन्धी प्रश्नमा बोल्यो मन्त्रालय

मलेसिया रोजगारीको सिन्डिकेटसम्बन्धी प्रश्नमा बोल्यो मन्त्रालय

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउन चलखेल भएको भन्ने विषयमा उठेका प्रश्नमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता मन्त्रालयलाई समेत जोडेर प्रकाशित तथा प्रसारित भएका समाचार तथ्यमा आधारित नभएको दाबी गरेको छ । वैदेशिक रोजगारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । कुनै पनि प्रकारले प्रतिस्पर्धा सीमित हुने वा सीमित व्यवसायीको एकाधिकार कायम हुने अवस्था आउन नदिन मन्त्रालय सधैं सचेत र सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।

    मन्त्रालयले हाल विद्यमान नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्थामा सुधार गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको जनाएको छ। यस्ता सुधारका प्रयासलाई ओझेलमा पार्ने उद्देश्यले फैलाइएका भ्रममा नपर्न मन्त्रालयले सबै सरोकारवालासँग आग्रह गरेको छ।विज्ञप्तिअनुसार मलेसियासँग सम्बन्धित विषयमा सम्बन्धित गन्तव्य मुलुकबाट पनि कुनै आधिकारिक जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गन्तव्य मुलुकसँग कूटनीतिक पहलमार्फत वैदेशिक रोजगारलाई स्वच्छ, नैतिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला पक्षको सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा आधारहीन सूचना र भ्रम फैलाउने कार्यबाट सचेत रहन सबैमा अनुरोध गरिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार