Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेप्सेमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं। नेप्सेमा आज सामान्य गिरावट आएको छ। आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो। आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २७ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २० करोड ८२ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार