Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता

आर्थिक पत्र
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना बचतकर्ताको बचत फिर्ता गरेको छ भने पशुपति सहकारीका ७ जना बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाएका छन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत दुई सहकारीका गरी ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो ।

    समितिले साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको जनाएको छ । ऋणीबाट असुल भएको रकमलाई नै पीडित बचतकर्ताको बचत फिर्तामा प्रयोग गरिएको मन्त्रालयले बताएको छ ।

    सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुली गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यसबाट सहकारीमा बचत रकम फसेका पीडितलाई क्रमशः रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार