Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

आर्थिक पत्र
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन्।

    बजेटले घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम तथा उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन्।

    दिउँसो ३ बजे अर्थ मन्त्रालयमा आयोजना हुने उक्त बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार