Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ ।  नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए।

    साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि गरेको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए।

    कार्यकारी निर्देशक पदका लागि साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव पनि प्रतिस्पर्धामा थिए। मन्त्रिपरिषद्को निर्णयसँगै साह चार वर्षका लागि निगमको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार