Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आइपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गर्ने ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

    आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावरका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत रवि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार आरबीबी मर्चेन्ट बैंकिङले कम्पनीको आईपीओ निष्कासन, आवेदन संकलन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

    गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा निर्माण गरेको गुमुखोला भ्याकुरे जलविद्युत आयोजना बाट उत्पादित विद्युत व्यावसायिक उत्पादनमा रहेको कम्पनीले जनाएको छ।

    रन अफ रिभर प्रविधिमा आधारित यस आयोजनाको कुल जडित उत्पादन क्षमता ५ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक करिब ३ करोड ६० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ।

    आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिएको छ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी सर्वसाधारणको सहभागिता बढाउने तयारी गरेको जनाएको छ। आईपीओ निष्कासनपछि कम्पनीको पूँजी संरचना थप मजबुत हुने र जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार