Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता

लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ।

    सम्झौताअनुसार नेपाल बैंकले चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ४.७५ मेगावाट क्षमताको लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने भएको हो। आयोजनाको प्रस्तावित क्षमता ६.५१ मेगावाट रहेको छ।

    सम्झौतामा कुल परियोजना लागतको कर्जा र स्वपूँजी अनुपात ७०ः३० कायम गरिएको छ। अर्थात् आयोजनाको ७० प्रतिशत लगानी कर्जामार्फत र ३० प्रतिशत प्रवर्द्धकको स्वपूँजीबाट जुटाइनेछ।

    सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्।

    सम्झौता कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले परियोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई अवसर दिएकोमा चितवन इनर्जीलाई धन्यवाद दिँदै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालन हुने विश्वास व्यक्त गरे।

    उनले जलविद्युत क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले यस्ता पूर्वाधार आयोजनामा बैंकले सहकार्यलाई प्राथमिकता दिँदै आएको बताए।

    चितवन इनर्जीका सञ्चालक निउरेले आयोजनाका लागि नेपाल बैंकसँगको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै तोकिएको समयभित्र आयोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

    लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि नेपालको ऊर्जा उत्पादन क्षमता विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले जलविद्युत, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार