Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । 

    यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो ।   

    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२-८३ मा सो कार्यालयले ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व संकलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले बताए। 

    उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम संकलन भएको जानकारी दिए । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा विभिन्न शीर्षकमा ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व संकलन गरेको थियो । 

    गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व संकलनमा कमी आएको बताइन्छ । 

    कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२-८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बसरट्रक १८७ वटा, टेम्पो र विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप र कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ । यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार