Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने साढे ४ अर्ब नाघ्यो

नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने साढे ४ अर्ब नाघ्यो

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले बढेको बजार यस दिन भने करेक्सनमा गएको हो।

    बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९१ अंकले घटेका छन्।

    बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ वटा उपसमूह घटेका छन्। व्यापार उपसमूहको परिसूचक ०.५९ प्रतिशतले बढेको छ।

    यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ९३.०४ अंकले घटेको छ। बजार विश्लेषकका अनुसार सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।

    सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

    यस दिन ३४७ वटा स्टकको ६० हजार ३८१ पटक कारोबार हुँदा १ करोड ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ।

    बिहीबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।

    मूल्य बढ्ने अन्य कम्पनीको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एलएस होराइजन १२ को इकाई मूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार