Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आर्थिक पत्र
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ।

    नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक सेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक सेयरधनीहरूमा रहने भएकाले हाल उक्त सेयर बैंकका सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन् । उक्त सेयर खरीद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगमी ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार