Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गरिमा सुवर्ण योजनाको नियमित बिक्री, पुनर्खरिद र अनलाइन कारोबार सुरु

गरिमा सुवर्ण योजनाको नियमित बिक्री, पुनर्खरिद र अनलाइन कारोबार सुरु

आर्थिक पत्र
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ का इकाईको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ।

    गरिमा विकास बैंकको प्रवर्द्धन तथा गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित योजनाले २०८३ साउन २६ गते मंगलबारदेखि लगानीकर्ताका लागि नियमित इकाई बिक्री तथा पुनर्खरिद सेवा सुरु गरेको हो।

    धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको योजनाले लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

    अनलाइनबाटै इकाई खरिद र भुक्तानी

    नयाँ प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट लगानीका लागि आवेदन तथा रकम भुक्तानी गर्न सक्नेछन्। त्यस्तै व्यवस्थित लगानी योजना (एसआईपी) मा दर्ता तथा एसआईपीको किस्ता भुक्तानीसमेत अनलाइनबाट गर्न सकिनेछ।

    लगानीकर्ताले लाभांश पुनःलगानी योजना (डीआरआईपी) मा समेत अनलाइनबाट दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

    त्यस्तै प्रणालीमा नयाँ दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन, इकाई पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

    कम्पनीले आगामी दिनमा थप अनलाइन सुविधासमेत क्रमशः थप गर्दै लैजाने जनाएको छ।

    गरिमा क्यापिटल र बैंकका शाखाबाट पनि सेवा

    अनलाइन प्रणालीसँगै योजनासँग सम्बन्धित सेवाहरू काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलको कार्यालय तथा गरिमा विकास बैंकका देशभरका शाखाबाट समेत लिन सकिने व्यवस्था गरिएको छ।

    लगानीकर्ताले अनलाइन दर्ता तथा कारोबारका लागि गरिमा सुवर्ण योजना अनलाइन प्रणाली प्रयोग गर्न सक्नेछन्। गरिमा क्यापिटल र गरिमा विकास बैंकको वेबसाइटमा उपलब्ध लिंकमार्फत पनि प्रणालीमा पहुँच गर्न सकिने कम्पनीले जनाएको छ।

    एनएभीका आधारमा इकाई खरिद–बिक्री

    योजनाका इकाईको खरिद तथा बिक्री कट–अफ समयअनुसार निर्धारित खुद सम्पत्ति मूल्य (एनएभी) का आधारमा हुने कम्पनीले जनाएको छ।

    लगानीकर्ताले लगानी गर्नुअघि योजनाको स्वीकृत विवरणपत्र अध्ययन गर्न कम्पनीले आग्रह गरेको छ। सामूहिक लगानी कोषमा गरिने लगानी बजार जोखिममा आधारित हुने भएकाले लगानीसम्बन्धी निर्णय गर्दा योजनाको विवरणपत्र तथा जोखिम पक्ष बुझ्नसमेत अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार