Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

आर्थिक पत्र
बुधवार, भाद्र २२ २०७९
  • काठमाडौं । नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।

    images

    शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ । पौडेलकी पत्नीले आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।

    संघका अध्यक्ष तिमल्सिनाले पौडेलसँग को को थिए भन्ने समेत नखुलेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार