Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

आर्थिक पत्र
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयबाट गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

    images

    नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीको उपस्थितिमा नयाँ कार्यालय उद्घाटन गरिएको हो।

    नयाँ कार्यालयबाट ग्राहकले बीमासम्बन्धी परामर्श, पोलिसी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा ग्राहक सेवा लिन सक्नेछन्। बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्नु कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए।

    नयाँ कार्यालयमार्फत ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध थप मजबुत बनाउँदै उनीहरूको आर्थिक सुरक्षामा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको उनले बताए।

    कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य विस्तार हुनुका साथै बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। प्रदेशभरका व्यावसायिक संस्था तथा विभिन्न निकायसँगको सहकार्य विस्तार गर्नसमेत कार्यालयले भूमिका खेल्ने जनाएको छ।

    मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालन हुँदै आएको छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका योजना उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार