Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेप्सेमा सामान्य सुधार : २६४१ विन्दुमा बन्द हुँदा ४ अर्ब बढीको कारोबार

नेप्सेमा सामान्य सुधार : २६४१ विन्दुमा बन्द हुँदा ४ अर्ब बढीको कारोबार

आर्थिक पत्र
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ मा कारोबार भएको थियो। आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

    आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४४ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३३ करोड ६७ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार