Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य कायम भएको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा पुगेको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा कायम भएको छ।

    अन्य प्रमुख मुद्राहरूमा स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा कायम भएको छ।

    खाडी मुलुक तथा श्रम गन्तव्यका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा तोकिएको छ।

    यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा रहेको छ।

    यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा कायम हुँदा कुवेती दिनार सबैभन्दा महँगो भई एकको खरिददर ४९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९७ पैसा तोकिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् छ। राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दरमा केही भिन्नता हुन सक्नेछ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार