Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको लाभांश घोषणा भएको छ।

    रिलायबल समृद्धि योनजाको योजना व्यवस्थापकको आज साउन २८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको ६७औं बैठकबाट आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित कोषबाट रिलायबल समृद्धि योजनाका इकाईधनीहरूलाई कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउने १० करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।

    साथै यस योजनाको लाभांश वितरण प्रयोजनार्थ इकाईधनी दर्ता किताब (बुक क्लोज) आउँदो भदौ १० गते १ दिनका लागि बन्द गर्ने निर्णय पनि भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार