Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा रिलायन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

सानिमा रिलायन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा १.६९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष कम्पनीले खुद नाफा ३८ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    कम्पनीको आम्दानी ८ अर्ब ६९ करोडबाट बढेर ९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने खर्च ८ अर्ब ३१ करोडबाट बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ लाख ८२ हजार ८८४ वटा नयाँ पोलिसि बिक्री गरेको छ । १ अर्ब ९२ करोड रुपैयाँ पोलिसि होल्डरलाई कर्जा दिएको छ । 

    जीवन बीमा कोषमा २५ अर्ब १२ करोड रहको कम्पनीले साढे २७ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी ७.६५ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११२.६२ रुपैयाँ र प्रति शेयर सम्पत्तिको मूल्य ६४३.४५ रुपैयाँ रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार