Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२-८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफलमा करसमेत समावेश रहेको छ ।

    योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् । प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो ।

    फण्डले आर्थिक वर्ष २०८२-८३ का लागि कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट) खातामा प्रतिफल रकम जम्मा गरिने फण्डले जनाएको छ ।

    यस्तै, डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी इकाइधनीका हकमा वितरण हुने प्रतिफल रकमबाट प्रचलित कानुनबमोजिम कर कट्टी गरिनेछ । कर कट्टीपछि बाँकी रकमबाट थप इकाइ खरिद गरिने व्यवस्था गरिएको छ । यसरी खरिद गरिएका थप इकाइको विवरण सम्बन्धित इकाइधनीको हितग्राही खातामा प्रतिबिम्बित गरिनेछ ।

    फण्डले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र बैंक खाता विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंक खाता विवरण अद्यावधिक भएपछि मात्र प्रतिफल रकम सम्बन्धित खातामा जम्मा गर्न सहज हुने फण्डले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार