Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । चिनीको सहज आपूर्ति तथा बजार व्यवस्थापनका विषयमा छलफल गर्न तय गरिएको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।

    समितिले सोमबार बिहान १० बजे चिनीको सहज आपूर्तिसम्बन्धी विषयमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो ।

    बैठकमा समिति सदस्यसँगै चिनीको आपूर्ति तथा वितरणसँग सम्बन्धित सरोकारवालाहरूको समेत सहभागिता रहने तय भएको थियो । तर, विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी समिति सचिवालयले सूचनामार्फत दिएको छ । बैठकको नयाँ मिति भने सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार