Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

१५–१५ दिनमा तलब दिने सरकारको घोषणा अलपत्र, भदौदेखि कार्यान्वयन गर्ने तयारी

१५–१५ दिनमा तलब दिने सरकारको घोषणा अलपत्र, भदौदेखि कार्यान्वयन गर्ने तयारी

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ  ।  कर्मचारीलाई १५–१५ दिनमा तलब वितरण गर्ने सरकारको घोषणा अझै कार्यान्वयनमा आएको छैन । सरकारले गत वैशाख दोस्रो साता कर्मचारीलाई १५–१५ दिनमा तलब वितरण सुरु गरेको थियो । सो निर्देशनअनुसार सुरुमा परीक्षणका रूपमा एक महिना (दुई पटक) अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब पठाइएको पनि थियो । त्यसपछि त्यसले निरन्तरता पाउन सकेन ।अरू कर्मचारीसँगै अर्थ मन्त्रालय र महालेखाका कर्मचारीलाई पनि मासिक रूपमै तलब दिन थालिएको थियो । यद्यपि सरकारले चालु आर्थिक वर्षदेखि सबै कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता दिने अर्थ मन्त्रालयले जनाएको थियो । तर, नयाँ आर्थिक वर्ष सुरु भएपछि पनि सो घोषणा कार्यान्वयनमा आएको छैन । अर्थ मन्त्रालयको ढिलासुस्ती र प्राविधिक जटिलता मिलाउन नसकिएकाले उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको जानकारहरू बताउँछन् । 

    नयाँ तलबमान ढिलो (२२ साउनमा) मात्र आएकाले साउनमा १५–१५ दिनमा तलब दिन नसकिएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले बताए । ‘महालेखा नियन्त्रक कार्यालय मातहतका सबै कोलेनिकाहरूमा प्रणाली सुरु तयारी अवस्थामा छ । भदौदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउँछौं,’ उनले भने, ‘नेपाल प्रहरीले पनि भदौदेखि सुरु गर्ने भनेर मातहतका कार्यालयमा पत्राचार गरेको बारे सुन्नमा आएको छ ।’ महालेखा नियन्त्रक कार्यालयले सबै निजामती कर्मचारीहरूको तलब वितरणका लागि नयाँ प्रणाली बनाइसकेको र सो व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेकाले भदौदेखि धेरै निकायले सुरु गर्ने लामिछानेको तर्क छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार