Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

होटल पार्क ल्यान्डले भदौ १५ देखि १००% हकप्रद सेयर जारी गर्ने

होटल पार्क ल्यान्डले भदौ १५ देखि १००% हकप्रद सेयर जारी गर्ने

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । होटल पार्क ल्यान्डले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । होटलले यही भदौ १५ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।होटलले हाल कायम सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता सेयर बिक्री गर्नेछ।

    यो हकप्रद सेयरमा आउँदो असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरधनीहरुले चितवनको रत्ननगर नगरपालिका–६ स्थित होटलको रजिस्टर्ड कार्यालय, काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कर्पोरेट कार्यालय र ललितपुरको पाटनस्थित प्रयागपोखरीमा रहेको गणेश सहकारी भवनमा गएर आवेदन दिन सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार