Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं। नेप्सेमा आज सामान्य गिरावट आएको छ। आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो। आज हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

    आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.६३ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको एक अर्ब ३८ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३८ करोड ४४ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार