काठमाडौं । एभरेष्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले भदौ १ गते तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो।
नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या पाँच पुगेको छ। काउन्टरमार्फत पाल्पावासीले सरल, सहज तथा आधुनिक बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ।
अस्पताल परिसरमा काउन्टर सञ्चालनमा आएसँगै अस्पतालमा आउने सेवाग्राही तथा आसपासका बासिन्दालाई बैंकिङ कारोबारका लागि थप सहज हुने अपेक्षा गरिएको छ।
एभरेष्ट बैंकले सेवा विस्तारलाई निरन्तरता दिँदै स्थानीयस्तरमा बैंकिङ पहुँच बढाउने उद्देश्यले एक्सटेन्सन काउन्टर विस्तार गरेको जनाएको छ।

