Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मित बैठक

रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मित बैठक

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएका बाढीको कारण बीमा कम्पनीहरुमा परेको असर र त्यस क्षेत्रमा भएको क्षतिमा बीमा दाबीको व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्न आकस्मित बैठक डोकेको छ।

    प्रभावित क्षेत्रमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालयको रिर्पोटिङ्ग र बाढीको प्रत्यक्ष चपेटामा परेका कर्मचारीहरुको अवस्था र आगामी दिनमा सर्भेयर परिचालनमा कम्पनीहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा अध्यक्ष चन्द्रकला पौडेल सहित बीमा प्राधिकरणको उच्च पदाधिकारीको टोलीको बैठक आज बस्दैछ ।

    बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ तर यस्को एकिन जानकारी भने आईसकेको छैन । कम्पनीमार्फत डाटा संकलन गर्ने बिषयमा पनि बैठकमा छलफल हुनेछ ।

    बैंक तथा वित्तिय संस्थाका आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । भने कम्पनीहरुको कति क्षति भएको भन्ने बिषयमा पनि एकिन जानकारी आईसकेको छैन । यसै बिषयमा बीमापोष्टले बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीलाई प्रश्न राख्दा, उहाँले प्राधिकरणले यस बिषयमा छलफल गर्न आकस्मित बैठक डाकेको र यस बिषयमा नियामकले के गर्न सकिन्छ छलफल पछि जानकारी दिन सकिने बताएक छन् ।
    बीमा कम्पनीका केही कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी कम्पनीका सिईओहरुको रहेको छ।
    त्यस क्षेत्रमा बीमा कम्पनीमार्फत नेपाल लाइफ, शिखर इन्स्योरेन्स र एशियन लाइफरहेको छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार