Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडी काठमाडौंमै रोकिए

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडी काठमाडौंमै रोकिए

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्भावित बाढी र सडक जोखिमलाई मध्यनजर गर्दै थानकोट–नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सार्वजनिक तथा निजी सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।

    ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई पनि धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ । नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीसाधनमा समेत रोक लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार