Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बिहानैदेखि खोजी तथा उद्धार कार्य थप तीव्र, टिमुरे र स्याफ्रुबेँसीमा हेलिकोप्टर परिचालन

बिहानैदेखि खोजी तथा उद्धार कार्य थप तीव्र, टिमुरे र स्याफ्रुबेँसीमा हेलिकोप्टर परिचालन

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले प्रभावित तथा नदी तटीय क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ।

    बाढीबाट जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले हिजो राति नै प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री पुर्‍याएको छ।

    बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा परिचालन भएका थिए। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरिएको थियो। सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार तथा खोजी कार्य जारी राखेको जनाएको छ।

    आज बिहानदेखि भने टिमुरे, स्याफ्रुबेँसी र भोटेकोशी नदीको तटीय क्षेत्रमा उद्धार कार्य थप तीव्र पारिएको छ। फसेका नागरिकको उद्धार तथा बेपत्ता भएकाहरूको खोजीका लागि हेलिकोप्टरसँगै पैदल टोलीसमेत परिचालन गरिएको छ।

    सरकारले नदी किनार तथा प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धार, खोजी तथा राहतका लागि आवश्यक सम्पूर्ण सरकारी संयन्त्रलाई परिचालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार